Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

काठमाडौं, २९ पुस । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बशन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सन्चालनमा आउने बताएका छन्

‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने ।

उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भई ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए । ‘टप स्टेशनमा केवलकारका उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको छ,’ उनले भने ।

साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *