Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

काठमाडौं, २ माघ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजीक्षेत्रमा प्रवाहित कर्जा रु. ७३ अर्ब ३० करोड
(१.६ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.४२३ अर्ब १३ करोड (१०.४ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत

आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्ती संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x