Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, भागबन्डा टुंग्याउनै सकस

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, भागबन्डा टुंग्याउनै सकस

काठमाडाैं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान ओली निवास बालकाेट पुगेका छन् । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री बालकोट पुगेका हुन्।

अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ। संसदबाट पुस २६ गते विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *