Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडाैं, ३ माघ । वनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।  मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले उपप्रधान एवम् उर्जा मन्त्री राजेन्द्र लिङ्देनसहित अन्य ११ जना मन्त्रीलाई पनि शपथ दिलाइन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् । एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पाैड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चाैधरी महिला तथा बालबालिका, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था सहकारी र दामाेदर भण्डारी उद्याेग मन्त्री बन्नुभएकाे छ ।

माओवादीबाट रेखा शर्मा सञ्चार , सुदन किराती संस्कृति पर्यटन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति पर्यटन राज्यमन्त्री हुनुभएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डिपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएकाे छ ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x