Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ महिनामा ३० खर्बभन्दा बढी तरलता प्रवाह

५ महिनामा ३० खर्बभन्दा बढी तरलता प्रवाह

काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल राष्ट्र बैंकले ३० खर्ब ७ अर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत रु. २४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रु. २६८२ अर्ब ७० करोड गरी कुल रु. ३००७ अर्ब ७५ करोड तरलता प्रवाह गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.२६६१ अर्ब ६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२७४ अर्ब ३५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५५ करोड २८ लाख खुद खरिद गरी रु.६६ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x