Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ब्याज अनुदान दिन ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झाैता

ब्याज अनुदान दिन ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झाैता

काठमाडौं, ५ माघ । ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादनलगायत अन्य लघु उद्यमहरु गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।

यो समझदारीले निर्वाहका लागिमात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप आर्जन गरी आफ्नो व्यवसाय विस्तार एवं विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त अवसरमा बैंकका तर्फबाट वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

मुलुकको लगभग सबै वित्तीय सूचकांकहरुमा पहिलो बैंकले ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x