Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृषि विकास बैंककाे ५६ औं वार्षिक उत्सव सम्पन्न

कृषि विकास बैंककाे ५६ औं वार्षिक उत्सव सम्पन्न

काठमाडाैं, ७ माघ । कृषि विकास बैंक लिमिटेडको ५६ औं वार्षिक उत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारकाे अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई  सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन् । उनले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको समेत बताए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकलाई प्रतिस्प्रधि बनाउन प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए । बैंकले डिम्याट र मेरो सियरमा मात्र सिमित नरहि अत्याधुनिक बैंकिङ प्रणाली अपडेट गर्न आवस्यक रहेको बताए ।

यस्तै उक्त कार्यक्रममा कृषि विकास बैंकका डेपुटी सिइओ प्रताप सुवेदीले बैंकले सेयरधनीहरुलाई उचित प्रतिफल दिन प्रयासरत रहेको बताए ।उनले बैंकले आफ्नो कार्यक्षेत्रलाई फराकिलो, सुदृढ, प्रविधि मैत्री बनाउदै ग्राहकहरुलाई अत्याधुनिक बैंकिंग सुविधाहरु उपलब्ध गराउन सफल भएको समेत दाबी गरे ।

यस्तै उनले अत्याधुनिक वाणिज्य बैंकिङ सेवालाई सहरदेखि ग्रामिण क्षेत्रका सर्वसाधारणको घरदैलोमा आधुनिक प्रविधि मार्फत जाड्ने कार्य गरी सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घरआँगनको बैंकको अनुभूति दिन बैंक सधै क्रियाशील रहेको बताए ।

हाल बैंकको कुल अधिकृत पुँजी रु २५ अर्ब र जारी तथा चुक्ता पुँजी रु. १८ अर्ब ६२ करोड रहेको छ । यसमध्ये साधारण चुक्ता पुँजी रु १३ अब १८ करोड रहेको छ जसमा नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र करिव ३ लाख सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ । यस्तै बैंकसँग नेपाल सरकारको लगानीमा रहेको नन्वयुमिलेटीभ इरोडेमेबल प्रिफरेन्स शेयर रु ५ अर्व ४३ करोड समेत रहेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि कर प्रयोजन समेत गरी ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यस्तै बैंकका अन्य वित्तिय सूचकहरूमा पाैस मसान्त सम्मकाे निक्षेप रू १ खर्ब ७२ अर्ब, कर्जा रू १ खर्ब ७९ अर्ब, गैरकाेष काराेबार रू ६० अर्ब र ४३ अर्ब लगानी रहेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x