एनएमबि बैंकको एफपिओ २३३ रुपैयाँ प्रिमियम जोडेर आउने
काठमाडौं, १५ जेठ । एनएमबि बैंकले ३३३ रुपैयाँमा थप शेयर निष्कासन एफपिओ ल्याउने बताएको छ । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ ल्याउने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा २३३ रुपैयाँ जोडेर एफपिओ निष्कासन गर्ने जनाएको छ ।
बैंकले निष्कासन गर्न लागेको एफपिओलाई ईक्रा नेपालले आइपिओ ग्रेड ३ ले मापन गरेको छ । उक्त मापनले बैंकको वित्तीय अवस्था औषत आधारमा रहेको देखाउँछ । बैंकले उक्त एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । चुक्ता पुँजी वृद्धिका लागि बैंकले एफपिओ निष्कासन गर्ने भएको हो ।
एफपिओ निष्कासन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनका लागि बैंकलाई करिब ४० करोड रुपैयाँको आवश्यक पर्नेछ ।