साेमबार दाेहाेराे अंकले घट्याे सेयर बजार, ३ अर्ब ३० करोडकाे काराेबार
काठमाडौं, १६ माघ ।साताको कारोबारको दोसो दिन साेमबार सेयर बजार मापक नेप्से उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.०१ अंकले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा बन्द भएको हो ।
बजारमा आज २५६ कम्पनीकाे ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । जसमा लुम्बिनी जनरल इन्स्यारेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्य उच्च अंकले बढेको छ ।
यस्तै आज २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।जसमध्ये युनाइटेड इदी मोर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएकाे छ ।