Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१० दिनभित्र आन्तरिक उडानकाे नयाँ मापदण्ड कार्यान्वयन गर्न हवाई संचालक सहमत

१० दिनभित्र आन्तरिक उडानकाे नयाँ मापदण्ड कार्यान्वयन गर्न हवाई संचालक सहमत

काठमाडौं, २१ माघ। हवाई दुर्घटना न्यूनीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्याएको नयाँ मापदण्ड १० दिनभित्र कार्यान्वयन गर्न कार्यान्वयन गर्न हवाई संचालक सहमत भएका छन्। प्राधिकरणले यती एयरलाइन्सको जहाज दुर्घटनापछि नयाँ मापदण्ड तयार पारेको थियो।

सुगममा उडान भर्ने पाइलटले यसअघि दैनिक १० घण्टा उडान गर्न पाउने गरेकाेमा अब दैनिक ८ घण्टा उडान गर्न पाउने प्राधिकरणले जारी गरेको नयाँ मापदण्डमा उल्लेख छ । । दुर्गममा भने पूरानै प्रावधान राखिएको छ।

अब सुगममा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स(आइएफआर)मार्फत उडान गर्न पाइनेछ। सुगममा भिज्युअल फ्लाइट रुल्स(भीएफआर)मा उडान गर्न प्रतिवन्ध लगाइएको छ। प्राधिकरणले एक हजार फीट भन्दा तल आएर अवतरण प्रक्रिया अगाडि बढाउन नपाउने प्रावधान राखेको छ।

प्राधिकरणले इन्स्ट्रक्टर पाइलटको पहिलो चरणको तालिम जहाज उत्पादक कम्पनीमा जानुपर्ने प्रावधान बनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x