उत्पादनमुलक कम्पनीहरुलाई सार्वजनिक निष्कासनमा जोड

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा शेयर बजारलाई विस्तार गर्ने जनाएका छन् ।

अर्थमन्त्री खतिवडाले शेयर बजारको विस्तारका लागि मुलुकमा संचालित उत्पादनमुलक कम्पनीहरुलाई प्राथमिक शेयर निष्कासन गर्न प्रेरित गर्ने भनेका छन् । उत्पादनमुलक कम्पनीहरुको शेयर बजारमा सहभागिता बढाउन यी कम्पनीहरुलाई प्राथमिक निष्कासन गर्न अर्थमन्त्रीले जोड दिएका हुन् । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेको अवस्थामा उत्पादनमुलक कम्पनीहरुको प्रवेशले शेयर बजारलाई विविधता दिने अर्थमन्त्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *