Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

तरकारीमा बिचौलियाको बिगबिगी, लागत उठाउनै धौ–धौ

तरकारीमा बिचौलियाको बिगबिगी, लागत उठाउनै धौ–धौ

काठमाडौं । ‘गोलभेंडा बेचेर ल्याएको पैसा घरभित्र छिर्दैन, खेतालालाई बाँड्दै सकिन्छ,’ चितवन मंगलपुरकी किसान धनु अधिकारी सस्तोमा तरकारी बेच्दाको पीडा सुनाउँछिन्, ‘त्यो पनि हजुर किनिदिनुस्न भन्नुपर्छ । फकाएर, त्यो पनि सस्तोमा बिक्री गर्नुपर्छ । बजार विदेशी तरकारीले भरिएको छ ।’ उनको अहिले बारीभरि गोलभेंडा पाकेका छन् । उत्पादन खर्च नै प्रतिकिलो २० रुपैयाँ पर्छ । तर, ७ रुपैयाँमा बिक्री गर्नुपरेको उनी बताउँछिन् । अधिकारी हरेक तीन दिनमा पाँच हजार किलो गोलभेंडा टिप्छिन् । त्यसलाई सस्तोमा बिक्री गर्नुपर्दाको पीडा उनमा कम छैन । पछिल्लो डेढ महिनामा मात्रै उनले १५ लाख घाटा बेहोरेकी छन् ।

फलेको तरकारी एक दिनमात्रै बेच्न ढिलो भयो भने कुहिन्छ। अनि घाटै सहेर बेच्नुको विकल्प नभएको किसान अधिकारी सुनाउँछिन् । ‘सस्तोमा भए पनि नबेची सुख छैन । नभए त्यही पनि पाइँदैन,’ उनले भनिन्, ‘विदेशी उत्पादनले बजार पायो हाम्रोले हेला।’ कुनै बेला प्रतिकिलो सात रुपैयाँमा उन्पादन भएको काँक्रो ८० रुपैयाँसम्म उनले बेचेकी थिइन् । त्यसबेला बजारमा भारतसहितका विदेशी उत्पादन थिएन । अहिले उनले उल्टै बिन्ति गर्दा पनि तरकारी बेच्न हम्मे पर्छ ।

किसानको उत्पादनले विगत दुई महिनादेखि बजार नपाएको अधिकारीको अनुभव छ । तरकारी खेती गर्नकै लागि उनी गुल्मीको मालिका गाउँपालिका ६ अर्जैबाट एक्लै चितवन पुगेकी हुन् । जीवनमा केही नयाँ गर्ने आँट आयो र कृषि पेसा रोजिन् । तरकारी खेतीमा राम्रो होला भन्ने ठानेर जग्गा भाडामा लिएर खेती गर्ने हिम्मत गरिन् । अहिले उनमा वितृष्णा पैदा भएको छ। तरकारीसँगै उनको सपना पनि बारीमै कुहिने अवस्थामा पुगेको नमिठो अनुभव उनी सुनाउँछिन् । पत्रकारितामा स्नातक गरेकी अधिकारीले कृषि पेसा रोजे पनि अहिले पछुतो लाग्ने अवस्था आएको बताउँछिन् । उनको परिवार गुल्मीमै छन् । श्रीमान् विदेश छन् । याे समाचार आजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x