Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन

ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन

काठमाडौं, १ फागुन । ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ। बैंकले आइतबार ५ वर्ष अवधिको ११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/०८५ को बिक्री खुला गरेको हो।

निष्कासन गरिएको कूल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ। सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन्।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ। ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ छ। ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा फागुन ३ र ढिलोमा फागुन १४ गतेसम्म बन्द हुने गरी समय तोकिएको छ।

बैंकको ऋणपत्रअवधि ५ वर्षको छ। वार्षिक ११.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ।

बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x