सुनको मूल्य बढ्यो
काठमाडौं, १६ जेठ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबार तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले बढेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।