Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

बैतडी, ८ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रेस चौतारी बैतडीले आइतवार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर काम भइरहेको बताएका हुन्

सरकारको प्राथमिकताअनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको बताउँदै मन्त्री भण्डारीले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएको दाबी गरे ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका मन्त्री भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र वाणिज्य नीतिमा केही परिमार्जन गरिने उद्घोष गरे ।उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीको भारत भ्रमणका बेला राखिने जानकारी उनले दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x