Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

आगामी आर्थिक वर्षकाे बजेट सिमा १६ खर्ब ८८ अर्ब निर्धारण गरीयाे

आगामी आर्थिक वर्षकाे बजेट सिमा १६ खर्ब ८८ अर्ब निर्धारण गरीयाे

काठमाडाैं, १३ फागुन । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४ करोड रुपैयाँको बजेटको सीमा निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिको बैठकले बजेट सीमा तय गरी सरकारलाई त्यसैअनुसार काम गर्न मार्गदर्शन दिएको हाे ।

यो आकार चालु आर्थिक वर्ष विनियोजन भएको बजेटभन्दा झन्डै डेढ खर्ब रुपैयाँले कम हो । अर्थात् चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसअनुसार राजस्व प्राप्त हुन नसक्ने भएपछि अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाएका छन् । अर्थात् यो वर्ष १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ मात्रै बजेट खर्च हुने संशोधित अनुमान अर्थमन्त्री पौडेलले गरेका छन् । यो अंकभन्दा आगामी आर्थिक वर्षको बजेट सीमा १ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *