Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

फाइनान्सियल एक्सन टास्क फोर्सद्वारा रुसको सदस्यता निलम्बन

फाइनान्सियल एक्सन टास्क फोर्सद्वारा रुसको सदस्यता निलम्बन

काठमाडौं, १४ फाइनान्सियल एक्सन टास्क फोर्सले रुसको सदस्यता निलम्बन गरेको छ । युक्रेनसँगको युद्धका क्रममा रुसले उक्त टास्क फोर्सका सिद्धान्तहरू उल्लङ्घन गरेको जनाउँदै एफएटीएफले शुक्रबार सदस्यता निलम्बन गरेको एक विज्ञप्ति मार्फत जनाएको हो ।

युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा भएको अवसरमा रुसका क्रियाकलापहरूले अन्तर्राष्ट्रिय सहयोग र पारस्परिक सम्मानको प्रतिबद्धतालाई उल्लङ्घ गरेकाले यो एफएटीएफको मूल सिद्धान्तविरीत रहेको भन्दै उसले रूस विरुद्व प्रतिबन्धको कदम चालेको जनाएको छ ।
उता सम्पत्ति शुद्धीकरण र आतंकवादसँग सम्बन्धित पैसालाई रोक्नका लागि विश्वव्यापी मापदण्डहरू तय गर्ने एक अन्तर्राष्ट्रिय संगठन हो । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रूसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको अबसरमा ‘जी सेभन’ समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले युक्रेनमा दिगो शान्तिका लागि मतदानकालागी आह्वान गरेको थियो । सो समयमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x