Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्तरक्रिया कार्यक्रम

अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं, १५ फागुन । अष्ट्रेलियाको सिड्नी सहरमा आज नेपाली अर्थतन्त्र र पुँजी बजार सम्वन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल, सीपीएको उपस्थितिमा एनआईबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ मेखबहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीमाझ प्रकाश पारे । उक्त कार्यक्रमको संयाजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए, जहाँ सिड्नी शहरमा बसोबास गर्ने एनआरएन र सीए÷सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व थियो ।

कार्यक्रममा थापाले नेपाली समुदायको प्रतिनिधित्व गर्ने सहभागीहरु र अन्य उत्साहीहरुलाई नेपालको पुँजी बजारमा भइरहेको प्राविधिक सुधार र अन्य पछिल्ला गतिविधिहरुका बारेमा समेत प्रकाश पारे । साथै विभिन्न उपकरण र लगानीका औजारहरु मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा हुने अवसर र चुनौतीका बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्दामा प्रकाश पारे । आवश्यक पर्दा लगानी वापतको आम्दानी सँगै पैसा फिर्ता हुनेमा पनि उनले चिन्ता व्यक्त गरे । सहभागीहरुले सिड्नीमा नेपाली पूँजी बजारको सम्भावना र अवसरका बारेमा जानकारी गराएकोमा मेखबहादुर थापालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु भविश्यमा समेत संचालन गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x