Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

मुरारका ग्रुप र सोमानी सेरामिक्स लिमिटेडबीच टायल उत्पादन केन्द्र स्थापना गर्न सहकार्य

मुरारका ग्रुप र सोमानी सेरामिक्स लिमिटेडबीच टायल उत्पादन केन्द्र स्थापना गर्न सहकार्य

काठमाडौं, १६ फागुन । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।

मुरारका ग्रुुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिवद्ध रहेकाे र यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्ने विश्वास रहेकाे मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले बताए । यसका साथै उनले नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएकाे बताए । भने, ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छौँ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x