‘निस्पक्ष अनुसन्धान पद्धतिकाे विकास नभएसम्म सम्पत्ति शुद्धीकरण निवारण ऐन संशाेधनकाे लक्षय पुरा हुँदैन’ (भिडियाे)

काठमाडाैं, १७ फागुन । संसदमा पेस गरिएको सम्पत्ति शुद्धिकरण निवारण ऐन संशोधन प्रक्रियाले व्यक्तिले आफूसँग भएको सम्पत्तिको स्रोत खुलाउन नसकेको अवस्थामा उक्त पैसालाई वैध गराउने कुरा राम्रो भए पनि यस्तो व्यवस्थाले गैरकानूनी तथा अबैध तरीकाले आएको सम्पतिले वैधता पाउने जाेखिम रहेकाे  वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितले बताएका छन्।

नेपालमा ऐन नीति-नियम र कानून बन्न सजिलाे भए पनि  कार्यान्वयनकाे पाटाे एकदमै फितलाे रहेकाे भन्दै यसकाे सहि प्रतिफल साधारण व्यक्तिले भन्दा पनि राजनीतिक आसेपासेले फाइदा लिनसक्ने उनकाे भनाइ छ।

सक्षम, निस्पक्ष र व्यवहारीक अनुसन्धान पद्धतिकाे विकास नगरे सम्म सम्पत्ति शुद्धिकरण निवारण ऐन संशाेधनकाे लक्षय पुरा हुन नसक्ने भन्दै अन्तर्राष्ट्रिय कानून ज्ञाता समेत रहेका पण्डितले मानव बेचबिखन, लुकीछिपी हातहतियार तथा खरखजानाको कारोबार, तस्करी, भ्रष्टाचार आदिबाट कमाएको सम्पति वैध हुने जाेखिम बढ्ने बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *