२६.४८ अंकले घट्यो शेयर बजार, १ अर्ब ३३ करोडको कारोबार
काठमाडौं, १८ फागुन । यस साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार २६.२८ अंकले घटेको छ । यस दिन २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
यस दिन सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै उपसूचक घट्ने समूह लघुवित्त रहेको छ, जसको शेयरमूल्य २.६४ प्रतिशतले घटेको छ । घटेको बजारमा सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनी भने बुद्धभूमि हाइड्रोपावर रहेको छ, जसको शेयरमूल्य ४.२९ प्रतिशतले बढेको छ ।