आइतबार बढ्याे सुनचाँदीको भाउ, ताेलाकाे कति ?

काठमाडाैं, २१ फागुन । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेकाे छ । आज सुन ताेलामा ३०० रूपैयाँ र चादी १० रुपैयाँले बढेकाे हाे ।
आज छाापावाल सुन प्रतितोला एक लाख २ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । शुक्रबार भने सुनको भाउ सस्तिएको थियो । सो दिन सुन तोलामा १०० रुपैयाँले घट्दा प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, साताको पहिलो दिन, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेकाे छ । आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । गत शुक्रबार कारोाबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको थियो ।