Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिहिवार ५०.०४ अंकले बढ्दा दुई हजार विन्दुमा पुग्यो नेप्से, १ अर्ब ५६ करोडकाे काराेबार

बिहिवार ५०.०४ अंकले बढ्दा दुई हजार विन्दुमा पुग्यो नेप्से, १ अर्ब ५६ करोडकाे काराेबार

काठमाडौं, २५ फागुन । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५०.०४ अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५०.०४ अंकले बढेर दुई हजार २ दशमलब ७० विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज शुभम पावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.६० रुपैयाँ पुगेको छ भने नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५४८.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x