Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रपतिमा ३३ हजार ८०२ मतसहित रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा ३३ हजार ८०२ मतसहित रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं, २५ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार संघीय संसदमा भएको निर्वाचनकाे नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन्। ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x