Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

‘अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवश्यक’

‘अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवश्यक’

काठमाडौं, २७ फागुन । मुलुकको अर्थतन्त्रलाई उद्दार गर्न तत्काल संरचनागत सुुधारसहितको पहल आवस्यक रहेको जानकारले बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाजले शुक्रवार काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ कार्यक्रमका वक्ताले अहिलेको कार्यशैली र तौरतरिकाबाट समस्या समाधान हुन नसक्ने भएकाले अर्थतन्त्रको पुनःसंरचना आवस्यक रहेको धारणा राखेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकस्तरमा अहिलेको जस्तो निराशा आफूले पहिले कहिल्यै नदेखेको बताउनुभयो । ‘अर्थतन्त्रका सूचक र तथ्यतथ्याङ्कले के भन्छन् भन्दा पनि अवस्थालाई समग्रतामा हेर्ने हो । अहिलेको अवस्थालाई नागरिकले कसरी हेरिरहेका छन् भन्नेकुरा मुख्य हो । अहिले नागरिक आत्तिएका छन् । यति धेरै मानिस एकैपटक यसरी आत्तिएको मैले पहिले देखेको थिइनँ,’ कांग्रेस महामन्त्री थापाले भने ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता विजय पौडेलले नेपालको आर्थिक स्थिति जटिल बिन्दुबाट गुज्रिरहेको भन्दै आन्तरिक उत्पादन वृद्धिमा जोड दिइनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले नेपालले आफ्नो सामथ्र्य पहिचान गरेर स्रोतसाधनको अधिकतम उपयोगमार्फत् उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अहिले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रका लागि सकारात्मक ढाडस आवस्यक रहेको बताउनुभयो । कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्व ऊर्जा सङ्कट तथा मूल्यवृद्धिलगायतका विश्वव्यापी समस्याको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको बताउँँदै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रको बाह्य क्षेत्र बिस्तारै सुधार हुँदै गएको बताउनुभयो ।

त्यस्तै, नेपालको अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवश्यक रहेको उनले बताए

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x