Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिभिल लघुवित्त वित्तीय संस्थाको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्थाको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३० फागुन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।

एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।
सभाका अध्यक्ष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरुप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x