टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सम्पन्न

काठमाडाैं, १ चैत । नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन “साइटेसन २०२३” सफलतापुर्वक सम्पन्न गरेको छ । गत शनिबार फागुन २७ गते आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेशन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागि थिए ।

उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित कम्युनिकेटर अवार्ड यो वर्ष अभिनेता राजेश हमाललाई प्रदान गरिएको छ । डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्त रुपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गरेका थिए भने डिस्ट्रिक्ट ४१ का इमिडिएट पास्ट डिस्ट्रिक्ट डिरेक्टर रञ्जित आचार्यले यस वर्षको अवार्ड विजेता घोषणा गरेका हुन् ।

उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानका लागि अभिनेता राजेश हमाललाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित गरिएको हो ।

सम्मेलनमा ‘आइ एम इन्टेग्रिटी’ थिममा प्यानल छलफल पनि गरिएको थियो । प्यानलमा श्री भूषण दाहाल, अनिल शाह र सुश्री रेशु ढुंगाना थिए भने छलफलको सञ्चालन ए डिभिजनका निर्देशक दिप्ती आचार्यले गरे । छलफलमा सबै प्यानल सदस्यहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा इमान्दारिता कायम राख्नुपर्ने कुरामा प्रकाश पारेका थिए । डिभिजन सी निर्देशक रवीन्द्र प्रधानको संयोजकत्वमा भएको सम्मेलनमा टोस्टमास्टरका सदस्यहरूले आफ्नो गायन, नृत्य र हाँस्य–व्यंग्य प्रतिभा प्रदर्शन गरेका थिए । सम्मेलनलाई डिभिजन बि र डिका डाइरेक्टर जेनी मानन्धर र बृजेन्द्र रोचन जोशीले संयुक्त रुपमा समापन गरेका थिए ।

हाल नेपालका दुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुन प्रधान डीटीएमले क्रमशः प्रोग्राम क्वालिटी डिरेक्टर र क्लब ग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१ मा सेवा प्रदान गरिरहेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *