नेपालमा ६६ लाख ६६ हजार ९३७ घरपरिवार
काठमाडौं, ११ चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा कुल घरपरिवारको सङ्ख्या ६६ लाख ६६ हजार ९३७ रहेकोमा व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार छ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर ४.३७ जना रहेकोमा २०६८ सालको जनगणनामा सो सङ्ख्या ४.८८ प्रतिशत रहेको थियो । अहिले प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ र तराईमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ५.९४ प्रतिशत तथा गोरखा र दोलखामा सबैभन्दा कम ३।४९ प्रतिशत रहेका छन् ।
नतिजाअनुसार जनघनत्व प्रतिवर्गकिलोमिटर १९८ जना रहेको छ । २०६८ सालको जनगणनामा प्रतिवर्गकिलोमिटर १८० थियो । सबैभन्दा धेरै जनघनत्व तराईमा प्रतिवर्गकिलोमिटर ४६० जना र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना रहेका छन् । सबैभन्दा बढी जनघनत्व काठमाडौँमा प्रतिवर्गकिलोमिटरमा पाँच हजार १६८ र सबैभन्दा कम मनाङमा तीन जना रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा छ । बागमतीमा कुल जनसङ्ख्याको ६१.२ प्रतिशत र सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा १६.९ प्रतिशत रहेको छ । त्यस्तै कोशीमा ४९.६, मधेशमा ६१, गण्डकीमा २४.७, लुम्बिनीमा ५.२ र सुदूरपश्चिममा २६.९ प्रतिशत जनसङ्ख्या रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।