Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

तोलामा १००० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

तोलामा १००० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, १७ चैत ।  आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । बिहीबार तोलामा ३०० ले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ रहेको छ ।

हिजाे छापावाल सुन प्रतिताेला १ लाख ८ हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे भने तेजावी सुन १ लाख ७ हजार ७०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४००  रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x