आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
काठमाडौं, १७ चैत । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।
यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं (एजेन्ट्स) यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् । यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई–एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।
आइएमई पे
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आइएमई पे’ ‘वालेट एप’ विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोवाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूणर् सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पे ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।