Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

८ महिनामा सरकारकाे पूँजीगत खर्च २६ प्रतिशत मात्र

८ महिनामा सरकारकाे पूँजीगत खर्च २६ प्रतिशत मात्र

काठमाडाैं, २६ चैत । सरकारकाे पूँजीगत खर्च हुन नसक्ने समस्या यस वर्ष पनि जस्ताकाे त्यस्तै छ । चालु आर्थिक वर्षकाे आठ महिना बित्नै लाग्दा सरकारकाे पूँजीगत खर्चकाे अवस्था निरासाजनक छ ।

गत शुक्रबार सम्म सरकारकाे पूँजीगत खर्च २६. ३२ प्रतिशत रहेकाे छ । यस वर्ष सरकारले ३ खर्ब ८० अर्ब ३८ कराेड ४५ लाख बजेट छुट्याइएकाेमा हाल सम्म १ खर्ब  ११ कराेड ८३ लाख रूपैयाँ मात्र खर्च भएकाे छ ।

यस्तै चालु तर्फ ११ खर्ब ८३ अर्ब २३ कराेड ५१ लाख बजेट छुट्याइएकाेमा हाल सम्म ६ खर्ब ८१ अर्ब ६९ कराेड १८ लाख मात्र खर्च भएकाे छ । जुन कुल लक्ष्यकाे ५७.६१ प्रतिशत हाे ।

यस्तै वित्तिय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २१ कराेड ७७ लाख बजेट छुट्याइएकाेमा ८९ अर्ब २ कराेड १६ लाख खर्च भएकाे हाे । जुन लक्ष्यकाे ३८.६७ प्रतिशत मात्र हाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x