नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकममा भने सुधार
काठमाडाैं, २६ चैत । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।
आज शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।बिहिबार नेप्सेमा ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो ।
आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ ।