Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नाट्टाले चीनमा अप्रिल १४ तारिखदेखि चाईना सेल्स मिशन आयोजना गर्ने

नाट्टाले चीनमा अप्रिल १४ तारिखदेखि चाईना सेल्स मिशन आयोजना गर्ने

काठमाडाैं, ३० चैत । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नियमित रुपमा आयोजना गर्दै आई रहेको चाईना सेल्स मिशन कोभिडको महामारी पछि पुनः नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङ्गको सहकार्य एंव समन्वयमा २०२३ अप्रिल १४ देखि २१ तारेख सम्म मित्रराष्ट्र चीनका तीन प्रमुख व्यवसायिक शहरहरु चेङदु, खुमिङ्ग र बेजिङ्गमा आयोजना गर्ने तयारी पुरा भएको व्यहोरा आदरणीय संचार जगतलाई सहर्ष जानकारी गराउन चाहन्छौं । नाट्टाले यस बर्षको नेपाल चाईना सेल्स मिशनको समन्वय गर्न संयोजकका रुपमा नाट्टा उपाध्यक्ष श्री वरुण मेहताले गर्नु भएको हो ।

संघका उपाध्यक्ष एंव कार्यक्रम संयोजक श्री वरुण मेहताको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीहरुको प्रवद्र्धन टोलीमा ट्राभल÷टूर व्यवसायी, होटेल एवम् ट्रेकिङका गरि कुल ३७ जना सहभागी सम्मिलित छन् । यस टोलीले उल्लेखित तीन वटा शहरमा नेपालको पर्यटनबारे प्रस्तुतिकरण ९उयधभच उयष्लत उचभकभलतबतष्यल० गर्नुका साथै त्यहांको स्थानीय टूर अपरेटरहरुसंग द्यद्दद्य गर्ने तथा स्थानीय संचार माध्यमहरुलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराईने कार्यक्रम छ । कार्यक्रममा बेइजिङ्ग स्थित नेपाली राजदूतावासले पनि नाट्टाको यस प्रवद्र्धन मूलक कार्यक्रममा सहकार्य गर्दै स्थानीय सरकारी निकाय तथा पर्यटन संघ–संस्थाहरुको बिषेश भेला आयोजना गरेर नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम– २०२३ गर्ने भएको पनि जानकारी गराउन चाहन्छौं ।

चीन सरकारले सन् १९७८ देखि अवलम्बन गरेको राष्ट्रिय सुधार र खुल्लाद्वार नीतिको फलस्वरुप चीनबाट पर्यटकहरु बाह्य मुलुकमा भ्रमणका लागि जाने प्रथा दू्रत रुपले अघि बढेको हो । कोभीड १९ को विश्वव्यापी प्रकोपका कारण चिनिया पर्यटकहरु भ्रमण गर्नबाट बन्चित हुनु परेकोमा भर्खरै चिन सरकारले आन्तरिक तथा बाह्रय देशका पर्यटकका लागि चिन भ्रमण गर्न खुल्ला गरेको सन्दर्भमा र चिन सरकारले आप्mना नागरिकलाई भ्रमण गर्न खुल्ला गरि तयार गरेको देशको सूचिमा नेपाल समेत समेतिएको यस सुखद क्षणमा हुन लागेको यस सेल्स मिसनले चिनिया पर्यटकलाई उल्लेख्य रुपमा नेपाल भित्राउन सफल हुने विश्वास लिइएको छ । चिन र नेपाल विचको भौगोलिक सामिप्यता तथा सांस्कृतिक समानता र दुवै देशका बुद्ध धर्मालम्बीहरुको सद्भावले नेपाल चिनिया पर्यटकहरुका लागि प्रमुख गन्तव्य हुन सक्ने र यसबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

सेल्स मिशनको भ्रमण टोलिमा नाट्टाका उपाध्यक्ष एव मिसन संयोजक श्री वरुण मेहता र नाट्टा सचिव एव मिसन सहसंयोजक श्री यूविका भण्डारीका अलवा नेपाल पर्यटन बोर्डका प्रतिनिधि २ जना र एअर चाइनाका प्रतिनिधि १ जना समावेश हुनुहुनेछ ।

कोभिड १९ले थला परेको पर्यटन व्यवसाय पुनः संचालनका लागि नाट्टाले अन्तराष्ट्रिय सेल्समिसन, मार्ट तथा प्रदर्शनीहरु गर्दै आइरहेको सन्दर्भमा यस चाइना सेल्स मिशनले पर्यटन पुन संचालनका लागि नेपालले गरिरहेको प्रयासलाई मजबूद बनाउने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x