मुलुककै पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ ३०औं वर्षमा
काठमाडौं, १३ वैशााख । मुलुककै पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ वैशाख १३ गते बुधवार सञ्चालनको २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको नेपाल टेलिभिजनबाट हरेक आइतवार साँझ ९ः१५ बजे प्रसारण हुँदै आएको उक्त कार्यक्रमको ३ दशकको यात्रालाई यसको उत्पादक संस्था आईविएन मिडिया एन्ड रिसर्चले नेपाली सञ्चार जगत्मा एउटा कोशेढुंगाको रूपमा लिएको छ ।
मुलुक सञ्चारमाध्यमहरू भर्खरै सञ्चालनमा आउन लागेको, सञ्चालित सञ्चार माध्यममा पनि कार्यक्रमको सीमितता र अर्थराजनीतिक वृत्तमा केन्द्रित टेलिभिजन कार्यक्रम समेत नभएका बेला अर्थको अर्थ सञ्चालनमा आएको थियो । ‘देशको आर्थिक, व्यावसायिक लगायत समसामयिक विषयमा समाचार, समीक्षा र विश्लेषणर्फत आम दर्शकलाई सुसूचित गर्नु कार्यक्रमको उद्देश्य थियो,’ संस्थाका प्रबन्ध निर्देशक हृदयराज गौतमले भने, ‘सोही उद्देश्य आत्मसात् गर्दै कार्यक्रमलाई आजको दिनसम्म सञ्चालन गर्न पाउँदा गर्व महसूस गरेको छु ।’ कार्यक्रममा प्रस्तुत गरिने विषयवस्तुले मुलुकको अर्थतन्त्रको विकास, विस्तारमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा टेवा पुगेको उनले स्मरण गरे ।
आगामी दिनमा आधुनिक सूचना प्रविधि, डिजिटलाइजेसन र इन्नोभेसनको समेत प्रयोगमार्फत कार्यक्रमलाई नेपाल तथा नेपालबाहिर रहेका आमदर्शक सामु चुस्त र प्रभावकारी रूपमा प्रसारण गर्ने संस्थाको लक्ष्य रहेको प्रबन्ध निर्देशक गौतमले बताउनुभयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको आकांक्षा परिपूर्तिमा सघाउने समाचार सामग्री प्रस्तुतिमा समेत जोड दिइने उनको भनाइ छ ।
सरकारी सञ्चारमाध्यमबाट प्रसारण भए तापनि निजीक्षेत्रका समसामयिक मुद्दाहरूलाई समेत उत्तिकै प्राथमिकताका साथ उठाउनु अर्थको अर्थको विशेषता हो । सोही कारण यो कार्यक्रम निजीक्षेत्रमाझ समेत उत्तिकै लोकप्रिय छ । यो विशिष्टतालाई कायम राख्दै आममानिसको सरोकारका विषयवस्तुलाई समेत समट्दै जाने प्रतिबद्धता संस्थाले गरेको छ । साथै युवा वर्गद्वारा सञ्चालित÷प्रवृद्र्धित नव उद्यम, नवप्रवर्तन, सृजनशील सोचलाई कार्यक्रममा विशेष रूपमा समेट्ने संस्थाले बताएको छ ।
कार्यक्रमलाई आजका दिनसम्म अविच्छिन्न रूपमा सञ्चालनमा प्रत्यक्ष÷परोक्ष रूपमा सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विभिन्न सार्वजनिक निकाय, निजीक्षेत्रका संघसंस्था, अर्थविद् लगायत आमदर्शकप्रति संस्थाले आभार व्यक्त गरेको छ । साथै कार्यक्रमलाई थप प्रभावकारी, पहुँचयोग्य र परिष्कृत बनाउन सरोकारवाला सबैको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गरेको छ ।