Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पायो बेष्ट म्यानेटमेन्ट टिम अवार्ड

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पायो बेष्ट म्यानेटमेन्ट टिम अवार्ड

काठमाडाैं, १४ वैशाख । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बेष्ट म्यानेटमेन्ट टिम अवार्ड प्राप्त गरेको छ। संस्थाले गत वैशाख ८ गते अर्थ मन्त्रालय र एसियाली विकास बैंकले गोकर्ण फरेस्ट रिपोर्टमा सयुक्त रुपमा आयोजना गरेको कन्ट्री पोर्टफोलियो मिटिङबाट उक्त अवार्ड प्राप्त गरेको  बिहिबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

उक्त अवार्डले संस्थाको गरिमा बढाउनुका साथै थप जिम्मेवारी प्रदान गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइरालाले बताए। गाउँगाउँमा गरिब किसान लगायतका घाउमा मल्हम लगाउने कार्यलाई थप प्रोत्साहन मिलेको बताउँदै उनले लघुवित्तको सेवा देशका ग्रामिण भेगदेखि सहर गरेर १० लाख ७९ हजारको परिवारमा पुगेको र अबको १० वर्षपछि २२ लाख परिवारको घरमा लघुवित्तको सेवा पुर्‍याउनले लक्ष्य रहेको कोइरालाले बताए।

साथै, लघुवित्त मार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी नेपाल सरकार र एसियाली विकास बैंकबीच २०१९ डिसेम्बर १० मा भएको ग्रामीण उद्यम लगानी परियोजना सम्झौता नेपाल सरकार, अर्थ मन्त्रालय र वित्तीय संस्था बीच २०७७ बैशाख ७ गते सम्पन्न सहायक ऋण सम्झौता बमोजिम पाँच करोड अमेरिकी डलर राशिको यो ऋण परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको दिशामा प्रभावकारी परिणाम दिएको छ। नेपाल राष्ट्र बैंकबाट स्वकृति लिई सञ्चालित यस परियोजनाबाट हाल सम्म ९३० व्यक्तिगत परियोजना तथा ३० वटा सामुहिक परियोजनाबाट मात्र पनि २ अर्ब ३० करोड रकम लगानी भएको छ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीले धेरै फाइदाजनक काम गरेको भए तापनि पछिल्लो समय समस्या देखिएको बताए। साथै सहकारीबाट ऋण लिएर तिर्नु हुन्न भन्ने व्यक्ति राष्ट्रिय अपराधि रहेको बताए। साना किसान विकास लघुवित्त र नेपाल कृषि सहकारीले गरेको सयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। सरकारको लगानी नभएको क्षेत्र सहकारीले गरेको काम स्वागतयोग्य रहेको भन्दै हल्लाको भरमा सस्था डुबाउन खोजेको बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x