नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव सम्पन्न
काठमाडाैं, १४ वैशाख । नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । बिहीबार राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय तरलतामा सुधार आएको बताएका छन् । तरलतामा सुधार आउँदा ब्याजदरमा कम दवाव सिर्जना भएको उनले बताएका हुन् ।
‘बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्,’ उनले भने ‘मुद्रास्फिति घट्दो क्रममा छ ।’ गभर्नर अधिकारीले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको पनि बताए । पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पूँजीकोष पर्याप्त सीमामा रहेको र जोखिम नरहेको उनले बताए । बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको उनले बताए ।
आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको छ । अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए । आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ हुँदै गएको पनि उनले जानकारी दिए । १० बिलासी बस्तुको आयात रोकेको स्मरण गराउँदै उनले राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए ।
यो वर्ष बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख घटेको उनले बताए । अब १ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको उनको भनाइ छ ।
नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना नेपालका लागि अझ चुनौतीपूर्ण रहेको उनको बताए ।