Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न

काठमाडाैं, १६ वैशाख । नेपाल राष्ट्र बैंकको यस आ.वा २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैंकले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको साथमा शुक्रबार र शनिबारका दिन ग्राहकहरुमा वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको बृहत वित्तीय साक्षरता , विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैला कार्यक्रम को आयोजना भने देशभरका विभिन्न विद्यालयहरु ÷ कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो ।

“जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको यस बंैक लि.ले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको सहभागीता रहेको थियो । यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विधार्थीहरु, जनमानस तथा ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x