Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीबिच सम्झौता

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीबिच सम्झौता

काठमाडाैं, २५ वैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीबिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.ली. का विभिन्न तहका कर्मचारीहरुलेआफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डकोव्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीका तर्फबाट कम्पनिका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x