Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

लगातार बढ्दै सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?

लगातार बढ्दै सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं, २७ वैशाख । निरन्तर उकालाे लाेगेकाे सुनको मूल्य बुधबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन। चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *