Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न सहयोग

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न सहयोग

काठमाडाैं, ३ जेठ । सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभावकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पु¥याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरे।

सोही दिन आयोजित अर्को एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरे । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए । साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालज्यूले स्नराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पु¥याएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे।

यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x