अर्थमन्त्री महतले गरे सांसद विकास कोषकाे बचाउ
काठमाडाैं, १६ जेठ । सरकारले सांसद विकास कोष ब्युँताउँदै ‘संसदीय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको प्रति सार्वजनिक रूपमा विराेध भइरहेका बेला अर्थमन्त्री डा. प्रकास शरण महतले यसकाे बचाउ गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमा एक पत्रकार सम्मेलनकाे आयाेजना गरी अर्थमन्त्री महतले बिनियाेजित रकम व्यक्तिगत रूपमा सांसदलाई दिने नभइ यसमा संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए । उनले भने, ‘ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने हो, सांसद्ले केही गर्न सक्दैन ।’
साेमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले सांसद विकास कोष ब्युँताएको जानकारी दिएका थिए ।