Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडाैं, १८ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्टार नियुक्त गरेको छ।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा मर्ज भई हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई यही २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *