महालक्ष्मी बैंकको सिईओमा कृष्णराज लामिछाने
काठमाडौं, २६ कार्तिक । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछानेलाई नियुक्त गरिएको छ । लामिछाने बैंकको आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
लामिछाने यस अघि कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उनले डेभलपमेन्ट बैंकर्स एशोसिसयनको अध्यक्षको पद समेत सम्हालेका थिए ।