Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

एशियन पेन्ट्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

एशियन पेन्ट्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाडाैं, ३० जेठ । एशियन पेन्ट्स नेपाल र नबिल बैंकबीच हालसालै नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्रि डाइरेक्टर श्री गोपालकृष्णन् र नबिल बैंकको तर्फबाट सिइओ  ज्ञानेन्द्र प्रसाद ढुँगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङ्गका प्रमुख निरज बस्नेत डनिल, एशियन पेन्ट्सका प्रमुख वित्त अधिकृत समिर श्रेष्ठका साथै एशियन पेन्ट्सका अन्य कार्यकारीहरूको पनि उपस्थिति रहेको थियो ।

सो सम्झौताअन्तर्गत एशियन पेन्ट्स नेपालसँग आबद्ध व्यावसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यावसाय विस्तार गर्न चालु पूँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरी फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यावसायीहरूको लागि व्यावसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरूसमेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एशियन पेन्ट्स नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले बैंकसँग आबद्ध हुने एशियन पेन्ट्सका वितरकहरूले बैंकबाट विशिष्टिकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यावसाय विस्तारको लागि आवश्यक पूँजी बैंकमार्फत् पाउने बताए ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गरी यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन अनुरूप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत् मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाको भनाई रहेको जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *