खुल्यो कक्षाा ११ को लागि छात्रवृत्ति, क-कसले कहिलेसम्म दिने आवेदन ?
काठमाडाैं, २८ असार । काठमाडौं महानगरपालिका भित्र कक्षा ११ मा अध्धयन गर्ने छात्रछात्राका लागि काठमाडौं महानगरपालीकाले छात्रवृतिका लागि आह्वान गरेको छ । कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुले आज बिहीबार देखि काठमाडौं महानगरपालिकाले खुलाएको आवेदन फार्म भर्न मिल्ने भएको छ ।
आवेदन दिएका मध्येबाट छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुनेछ ।
आवेदन दिने विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्दछ । संस्थागत (निजी) विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति पाउन शिफारिस गर्नुपर्छ ।
आज विहान १० बजेबाट खुला भएको अनलाइन प्रणालीमा साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।
याे लिङ्कमा गएर आवेदन भर्न सकिनेछ : http://entrance.kathmandu.gov.np