Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

काठमाडौं, २९ असार । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो ।

उक्त समझदारी पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएच प्रवन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । यसै क्रममा बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको जानकारी दिए ।

जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो । जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ ।

यसरी नेपालमा कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने उसको प्रारम्भिक अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x