Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

२१ अर्ब ७६ करोडले घट्यो विदेशी लगानी प्रतिबद्धता, ३२७ उद्योगका लागि ३३ अर्ब ३९ करोडको प्रस्ताव

२१ अर्ब ७६ करोडले घट्यो विदेशी लगानी प्रतिबद्धता, ३२७ उद्योगका लागि ३३ अर्ब ३९ करोडको प्रस्ताव

काठमाडौं, १ साउन । गत आर्थिक वर्ष २०७९–८० मा नेपालमा ३२७ उद्योगका लागि ३२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार उक्त संख्याका उद्योगले १७ हजार १२ जनालाई रोजगारीको प्रस्ताव गरेका छन् । गत असारमा मात्रै प्रस्तावित एफडीआई भने ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको रहेको छ । ५४ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

गत आर्थिक वर्षमा प्रतिबद्धता गरिएको एफडीआई अघिल्लो आर्थिक वर्षको भन्दा २१ अर्ब ७६ करोडले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा २९५ उद्योगका लागि ५४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षसम्ममा कुल ५ हजा ८६० उद्योगका लागि ४ खर्ब ५२ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको एफडीआई प्रस्ताव आएको छ । उक्त संख्यामा उद्योग स्थापना हुँदा ३ लाख ९ हजार १३२ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x