श्रावणलाई सजिएको राके बजार – फोटो फिचर
काठमाडाैं, २ साउन । प्राय सधैँ जसो भडिभाड हुने राजधानीको असन–इन्द्रचोक क्षेत्र साउन लागेसँगै चहलपहल बढेको छ । साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा भडिभाड बढेको देखिन्छ ।
तर, महामारीअघिको जस्तो व्यापार नभएको व्यापारीको गुनासो छ । पहिले सिजनमा दैनिक १० देखि १५ हजारको व्यापार हुने गरेको भएपनि अहिले ३/४ हजार हुन पनि मुस्किल परेको व्यवसायी बताउँछन ।
साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ । पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ । हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो ।पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असनरइन्द्रचोकमा भीड लाग्ने गरेको छ ।