Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

एक वर्षमा २२ अर्ब ३७ करोडभन्दा बढीको आईपीओ निष्कासन अनुमति, दुई तिहाई कम्पनी जलविद्युतका

एक वर्षमा २२ अर्ब ३७ करोडभन्दा बढीको आईपीओ निष्कासन अनुमति, दुई तिहाई कम्पनी जलविद्युतका

काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष २०७९÷८० मा २२ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ४२ ओटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । उक्त संख्याका कम्पनीले कुल रू. २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार बराबरको १३ करोड ५२ लाख ३८ हजार ९९४ कित्ता आईपीओ जारी गर्न अनुमति पाएका हुन् ।

आईपीओ निष्कासनका लागि अनुमति पाउने दुई तिहाई कम्पनी जलविद्युत्का रहेका छन् । सो वर्ष जलविद्युत्का मात्रै २९ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । दोस्रोमा चारओटा कम्पनी बीमा कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । आईपीओ निष्कासनका लागि अनुमति पाएका अधिकांश कम्पनीले जारी गरिसकेका छन् भने केहीको आईपीओ आउने क्रममा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x