Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

अब विदेश भ्रमणमा जानेले २५ सय डलर साट्न पाउने

अब विदेश भ्रमणमा जानेले २५ सय डलर साट्न पाउने

काठमाडौं,८ साउन । सरकारले चालू आर्थिक वर्ष ०८०-०८१ को मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जानेलाई डलर सटहीमा राहत दिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जानेले २५ सय अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको हो । यसअघि विदेश भ्रमणमा जानेले बढीमा १५ सय डलर साट्न पाउँथे ।

‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x